४ असार २०८१, सोमबार
फाेटाे फिचर

बौद्धपरिसरमा बिहानैदेखि दर्शनार्थीहरूको घुँइचो (फोटो फिचर)

प्रकाशित मिति :  23 May, 2024 10:53 am


काठमाडाैँ । २५६८ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

काठमाडौँ उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्रसहित देशभरका विभिन्न बौद्ध स्तुपाहरूमा दर्शनार्थीहरूको भीड देख्न सकिन्छ । काठमाडौँकाे स्वयम्भू, बौद्ध लगायतका बौद्ध गुम्बाहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो रहेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

तस्बिर: पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !