३ असार २०८१, आइतबार
सहकारी प्रकरण

आज पनि कार्यदलमा भएन सहमति, बैठक फेरि शुक्रबार बस्ने

प्रकाशित मिति :  23 May, 2024 6:30 pm


काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

सिंहदरबारमा आज (बिहीबार) अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा (एमाले), रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबिच छलफल भएको थियो।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार बिहान ८:३० बजे पुनस् बैठक बस्ने जानकारी दिए।

उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्नेबारे सत्ता र प्रतिपक्षीबिच अझै सहमति जुटिसकेको छैन।



प्रतिक्रिया दिनुहोस !