२० मंसिर २०८२, शनिबार
संसद् बैठक

संसदमा काँग्रेसको अवरोध कायमैः आइतवारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति :  24 May, 2024 12:50 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आइतवारसम्मका लागि स्थगित भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेसले उठेर अवरोध जनाएपछि बैठक आइतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गरे ।

उनले विधिसम्मत रूपमा बोल्ने व्यवस्था सदनमा हुने गरेको र बोल्ने वातावरण सत्ता पक्ष र प्रतिपक्ष सबैले बनाउनुपर्ने बताए ।

नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ आईतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !