२१ मंसिर २०८२, आइतबार

तेक्वान्दो छोरीहरूलाई बढी सिकाउनुपर्छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  24 May, 2024 5:11 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताए । उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरूलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने बताए ।

उनले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए । उनले भने, “मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरू भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।”

अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताए ।



प्रतिक्रिया दिनुहोस !