४ असार २०८१, सोमबार
सहकारी प्रकरण

कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति, शिर्ष नेताबाट अन्तिम टुंगो लाग्ने

प्रकाशित मिति :  25 May, 2024 9:50 pm


काठमाडाैँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ ।

शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।

उनकाअनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शिर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको बताए । 

उनले कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरूको नाम स्वतः आउँदै जाने बताए ।



प्रतिक्रिया दिनुहोस !