४ असार २०८१, सोमबार

अन्तर ब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुन्छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रकाशित मिति :  25 May, 2024 9:59 pm


काठमाडाैँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तर ब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुने बताएका छन् ।

शनिबार लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताएका हुन् ।

उनले शारदा श्रेष्ठ निष्ठावान्, कर्तव्यपरायण, साहसी र निडर व्यक्तित्व रहेको बताए । उनले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको जिकिर गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा सामाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताए । महिलाहरूको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !