४ असार २०८१, सोमबार

सहकारी मुद्दालाई लिएर काँग्रेसले आजदेखी सडक प्रदर्शन गर्दै

प्रकाशित मिति :  26 May, 2024 8:46 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्ने भएको छ ।सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्ने भएको हो ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो।

सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको नेपाली काँग्रेस अब सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको हो। पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले १५ वटा निर्वाचन क्षेत्रमा केन्द्रिय समितिबाट प्रतिनिधि खटाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !