४ असार २०८१, सोमबार

प्रधानमन्त्री र देउवाबीच वान टु वान वार्ताः संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल

प्रकाशित मिति :  26 May, 2024 10:40 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको छ ।आइतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो ।

सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेका काँग्रेस सांसद जीवन परियारले बताए ।उनले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएकाे जानकारी दिए।

भेटमा दाहाल र देउवाबिच वान टु वान वार्ता समेत भएको छ । वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरूलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए ।

उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताए ।

उनले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिनुभएको बताए । शिर्ष दलका नेताहरुको बैठक आइतबार साँझ वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने बताए ।

उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रूपमा अझै प्रस्तुत नभएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !