२० मंसिर २०८२, शनिबार

कांग्रेसको प्रर्दशन लज्जास्पद : स्वर्णिम वाग्ले

प्रकाशित मिति :  26 May, 2024 1:13 pm


काठमाडौं । रास्वपाका सांसद स्वर्णिम वाग्लेले कांग्रेसको प्रर्दशन लज्जास्पद भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वाग्लले बिपी कोइरालाले स्थापित गरेको मानकलाई कांग्रेसको औचित्यहिन विरोधले लज्जास्पद बनाएको बताएका छन् ।

सांसद वाग्लेले भने, गरिमामय संसद्मा उपस्थित भएर बोल्नपर्ला जस्तो मलाई लागेको थिएन। ६५ वर्षअघि लोकतान्त्रिक आन्दोलनका धरोहर, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो लज्जास्पद, औचित्यहिन विरोधप्रति मेरो घोर खेद छ,’ ।

वाग्ले संसद्को रोष्ट्रममा पुगेपछि कांग्रेस सांसदहरू झनै आक्रोशित भएका थिए।

नीति तथा कार्यक्रममाथि छलफल गर्न रोष्टममा पुगेका वाग्ले राजनीतिक विषयबस्तुमा प्रवेश गरेपछि सभामुख घिमिरेले ध्यानार्कषण गराएपछि नीति तथा कार्यक्रममा आफ्नो पार्टीको सहमति रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस !