२१ मंसिर २०८२, आइतबार

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः महामन्त्री थापा

प्रकाशित मिति :  26 May, 2024 2:12 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए ।

उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए ।

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।



प्रतिक्रिया दिनुहोस !