२० मंसिर २०८२, शनिबार

काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छः महासचिव पोखरेल

प्रकाशित मिति :  26 May, 2024 3:25 pm


काठमाडाैँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् ।

आइतवार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले मुलुकमा अहिले अस्थिरता रहेको बताउँदै राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए ।

महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए । उनले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे ।

उनले भने,”आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो त भन्दा अझ ज्यादा अस्थिरता सिर्जना ग¥यो भने समीकरण भत्काउन सकिन्छ ।”

महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताए । उनले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूमपा सथापित गर्नुपर्ने बताए । अरूको सहारा बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !