४ असार २०८१, सोमबार
बजेट

संसद बाहिरबाट बजेट ल्याउने सोच छैनः अर्थमन्त्री पुन

प्रकाशित मिति :  26 May, 2024 5:21 pm


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद संसद बाहिरबाट बजेट पेश गर्ने सोच नभएको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पुनले सरकारले संविधानको दिशानिर्देश अनुसार नै संसदमा शान्तिपूर्ण ढङ्गले बजेट पेश गर्ने तयारी रहेको बताए ।

अर्थमन्त्री पुनले बजेटमा बेलाबेलामा राजनीति भएकाले संसदमा बजेट पेश गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेको बताए । उनले संविधानले लिएको कार्यादेश अनुसार जेठ १५ गते संसदमा बजेट पेश गरिने बताए ।

उनले प्रमुख प्रतिपक्षको मागलाई सरकारले सम्बोधन गर्दा समेत संसद अवरुद्ध गर्ने काम अशोभनिय भएको बताए । अर्थमन्त्री पुनले नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने सहमति भएर सरकार लचिलो भएपछि अरु तपशिलका विषयमा अल्झिराख्नु उपयुक्त नहुने बताए ।

उनले काँग्रेसले संसद खोल्न नचाहेको बुझिएको बताउँदै संसदीय छानविन समिति व्यक्ति केन्द्रित हुन नसक्ने धारणा राखे ।

उनले कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उल्लेख गर्दै समितिको छानविनबाट दोषी भए जो कोहीलाई कारबाही सरकारले गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !