४ असार २०८१, सोमबार

भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराधको प्रवृत्ति भयोः महामन्त्री शर्मा

प्रकाशित मिति :  26 May, 2024 6:22 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरू ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रस्तुत हुन थालेको बताएका छन् ।

आइतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढेका बताए ।

उनले ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवि, नागरिकको चिन्ताको बारेमा नभइ सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सहकारीबन्धु गठबन्धन भएको बताए ।

महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालयले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै गर्नु नपर्ने भनेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय रास्वापको हो रु भन्दै प्रश्न समेत गरे ।

उनले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री सहकारी ठगीमा दोषी हुनुहुन्न र दुई वटा राहदानी भए पनि मुद्दा चलाउनु नहुने भनेर बोलिरहेको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस !