सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः काँग्रेस
काठमाडाैैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताए ।
नेपाली काँग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, वचतकर्ताहरूको वचतको सुरक्षा र ति पीडितहरूले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताए ।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए ।








