स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति : 27 May, 2024 1:24 pm
काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ आमडाँडाको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति आमडाँडाको भित्री सडकखण्डमा ग २० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी सडकबाट ३० मिटर तल खस्दा सुनिल कुमार शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
दुर्घटनामा परी भारत मोतीहारी घर भई हाल पुतलीबजार नगरपालिका वडा नम्बर १ घुम्तीमा डेरा गरेर बस्ने ३५ वर्षीय शाह घाइते भएका हुन्।
घाइते शाहको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रानाले जानकारी दिए ।








