४ असार २०८१, सोमबार

प्रचण्ड संघीयताको घोर विरोधी हुन्: मुख्यमन्त्री यादव

प्रकाशित मिति :  27 May, 2024 4:12 pm


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

सोमबार आर्थिक वर्ष २०८०\०८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरूसँग यस्तो आरोप लगाएका हुन् ।

एमालेसहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्नरनगराउन ध्यानाकर्षण पत्र पेस गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री प्रचण्ड भएको आरोप लगाए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट परेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे ।

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटकपटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !