२१ मंसिर २०८२, आइतबार

कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

प्रकाशित मिति :  27 May, 2024 7:20 pm


काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो ।

नागरिकता सम्बन्धी कसुरमा उनलाई गत मंगलबार कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरिएको थियो । उनीमाथि नागरिकता कीर्ते गरेको आरोप छ ।

शुक्रबारदेखि सिरोहिया स्वास्थ्य समस्या देखाउँदै जनकपुरको काव्री अस्पतालमा भर्ना छन् । .



प्रतिक्रिया दिनुहोस !