७ माघ २०८२, बुधबार

महिला ट्राफिकले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्रीकाे घाेषणा

प्रकाशित मिति :  28 May, 2024 11:06 am


काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका चार दिन सडकमा ड्युटी गर्नुनपर्ने घोषण गरेका हुन् ।

महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले उनले बताए ।



प्रतिक्रिया दिनुहोस !