२० मंसिर २०८२, शनिबार

लुम्बिनी प्रदेशमा पत्रकार कृष्णसेन इच्छुक प्रतिष्ठान स्थापना गरिने

प्रकाशित मिति :  28 May, 2024 4:09 pm


काठमाडौं । सरकारले लुम्बिनी प्रदेशमा पत्रकार कृष्णसेन इच्छुक प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने बताएका हुन् ।

अर्थमन्त्री पुने नागरिकको सूसुचित हुने अधिकार सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गरिने बताए ।

आम सञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यवसायिक र प्रतिस्पर्धी बनाउदैँ सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रुपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइने बताए ।



प्रतिक्रिया दिनुहोस !