अत्याधिक गर्मीका कारण रौतहटका विद्यालयहरु बन्द हुँदै
प्रकाशित मिति : 29 May, 2024 12:19 pm
काठमाडौं । अत्यधिक गर्मीको कारण रौतहटका विद्यालयहरु बन्द हुन थालेका छन् । गर्मिका कारण जनजिवन प्रभावित भएपछि स्थानी सरकारले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिन थालेका हुन् ।
रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।
उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।








