२१ मंसिर २०८२, आइतबार

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’लाई १० करोड मात्रै बजेट छुट्याउँदा ग्लानी महशुस भएको छः मन्त्री चौधरी

प्रकाशित मिति :  29 May, 2024 2:10 pm


काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन् ।

बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भएपनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् ।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरुको नाराका रूपमा अघि बढाउनुपर्ने बताइन् ।

उनले महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महशुस भएको जिकिर गरिन् । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभइकन देश समृद्ध बन्न नसक्ने बताइन् ।

मन्त्री चौधरीले अहिले नेपाली महिलाहरुले संवैधानिक रुपमा धेरै अधिकारहरू प्राप्त गरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !