महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी
प्रकाशित मिति : 29 May, 2024 5:58 pm
काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । बुधवार नेकपा (एमाले) ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी हुन् ।
उनले महिलाहरूले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । उनले महिलाहरूले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरुमा पनि नेतृत्व लिनुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरु महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन् ।








