२१ मंसिर २०८२, आइतबार

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

प्रकाशित मिति :  29 May, 2024 6:08 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको बताएका हुन् ।

प्रधानमन्त्री दाहाल आफैंले सत्ता समिकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरू गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए ।

अध्यक्ष लिङदेनले देश ठूला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे ।



प्रतिक्रिया दिनुहोस !