धनगढी र नेपालगञ्जमा अत्यधिक गर्मी
प्रकाशित मिति : 30 May, 2024 10:03 am
काठमाडौँ । पश्चिम तराईका अधिकांश जिल्लामा गर्मी अत्यधिक बढेको छ । तराइका कतिपय स्थानमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। वुधवार सबैभन्दा बढी गर्मी धनगढी र नेपालगञ्जमा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो धनगढीको अधिकतम तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले बिहिबार र शुक्रबार थप तापक्रम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।
केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, प्रशस्त मात्रामा पानी पिउन महाशाखाले सुझाव दिएको छ ।








