४ पुस २०८२, शुक्रबार

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३०२ जनालाई प्रहरीले स्वयंसेवकको रुपमा खटायो

प्रकाशित मिति :  30 May, 2024 10:43 am


काठमाडौँ । मापासे गरी सवारी चलाउने, लेन मिच्ने, द्रुत गति, सङ्केत बत्तीको बेवास्ता लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार तीनसय दुई जनालाई वुधबार स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको हो । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाडौँ उपत्यकका बिभिन्न चोकमा खटाइएको थियो ।

मंगलबार गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा खटिनु नपर्ने भन्दै उनीहरुको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेका थिए । सो कार्य वुधबारदेखि लागु भएको हो ।



प्रतिक्रिया दिनुहोस !