२० मंसिर २०८२, शनिबार

नातागोता बाहेकका बालबालिकाकाे विवरण बुझाउन काठमाडौं महानगरको आग्रह

प्रकाशित मिति :  31 May, 2024 12:55 pm


काठमाडौं । काठमाडौँ महानगरपालिकाले नातागोताबाहेक अन्य बालबालिका आफूसँग रहेको भए विवरण बुझाउन आग्रह गरेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै परिवारभित्र आफ्ना नातागोता बाहेक रहेका बालकालिकाको विवरण वडा कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

जारी सूचनामा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना नातागोताबाहेकका बालबालिका रहेका भए २१ दिनभित्र वडा कार्यालयमा त्यस्ता बालबालिकाको विवरण पेस गर्न उल्लेख गरेको छ ।

‘नातागोता भन्नाले बालबालिकाका आमा वा बाबुतर्फका तीन पुस्ता भित्रका नातेदार सम्झनुपर्छ,’ सूचनामा भनिएको छ



प्रतिक्रिया दिनुहोस !