प्रचण्ड, ओली र नेपालबिच सिंहदरबारमा छलफल
प्रकाशित मिति : 31 May, 2024 4:46 pm
काठमाडौँ । सत्तारूढ तीन दलका अध्यक्षबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको हो।
उनीहरूबिच आज (शुक्रबार) दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको हो।








