सिक्किम हुँदै अगाडि बढ्दै मनसुन, जुन १३ मा पूर्वी नेपाल प्रवेश गर्ने
प्रकाशित मिति : 2 June, 2024 7:24 am
काठमाडौँ। यो वर्षको मनसुन भारतको सिक्किम आइपुगेको छ । मे ३१ तारिखमा सिक्किम आइपुगेको मनसुन नेपालतर्फ अगाडि बढ्ने क्रममा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्नेछ।
विभागले प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, “नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ ।”
मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको विभागले नियमित रूपमा अद्यावधिक गर्नेछ ।








