इलाममा आमा छोरा झुण्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति : 2 June, 2024 12:35 pm
काठमाडौं । इलामको एक गाउँमा आमाछोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार इलाम नगरपालिका–२ सुम्बेक पराजुली गाउँमा एकै ठाउँमा आमा छोरा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फूलमाया तामाङ्ग र छोरा जीवन घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुन्डिएको पाइएको छ । फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।








