२१ मंसिर २०८२, आइतबार

पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्ः सांसद झा

प्रकाशित मिति :  2 June, 2024 12:52 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए ।

उनले केही पुराना दलहरूले आफूहरूलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताए । उनले आफूहरू राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरू राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । उनले आफूहरू केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरू नभएको बताए ।

उनले आफुहरूको विगत कमजोर नभएको भन्दै धेरै आधारहरू आफूहरूसँग रहेको बताए । उनले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरुमा आफूहरुले बोल्न नपाएको बताए ।



प्रतिक्रिया दिनुहोस !