सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास
प्रकाशित मिति : 2 June, 2024 3:21 pm
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।
आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्। उनले महाधिवेशनले दस्ताबेजहरू पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए।
उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउने पनि बताए । उनले अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको बताए । उनले पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने बताए ।
सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप उचानईमा पु¥याउने बताए ।








