२१ मंसिर २०८२, आइतबार

मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  2 June, 2024 4:10 pm


काठमाडाैँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

आइतवार भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्रास्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।

उनले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उनले यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताए ।

“मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ । नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ । मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ । मातृभाषाबाट सञ्चालन भएका मिडियाहरुलाई म सम्मान गर्न चाहन्छु । यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पु¥याउँछ ।”

मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकताहरूलाई संगठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !