चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
प्रकाशित मिति : 3 June, 2024 2:45 pm
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ।
थापाले निर्देशन गरेको फिल्म ‘प्रसाद २’ को विवादमा उनी पक्राउ परेका हुन् । उक्त फिल्मको निर्माता पक्षले निर्देशक थापामाथि आपराधि ठगी तथा विश्वासघातको आरोपमा उजुरी दिएको थियो ।








