सुझाव दिएकै भरमा एमाले र माओवादीबिच खटपट सुरू भयो भन्ने होइनः महेश बर्तौला
प्रकाशित मिति : 3 June, 2024 5:18 pm
काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरूको खटपट सुरू भयो भन्नेकुरा गलत भएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बिचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको स्पष्ट पारे ।
उनले बजेटमा सत्ता पक्षका सांसदहरूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए । उनले बजेटप्रति एमालेको आक्रोस, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरू मात्रै रहेको बताए ।








