काठमाडौँका मेयर शाहलाई काम गर्न दिनुपर्छ: सांसद भण्डारी
प्रकाशित मिति : 3 June, 2024 6:02 pm
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको काममा अवरोध गर्न नहुने बताएका छन् ।
एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैँकाे न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् ।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए ।
सांसद भण्डारीले गिरीबन्धु टी–स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए । उनले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।








