काठमाडौँका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप
काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताए । उनले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रूपमा अगाडि गएकाे बताए ।
उनले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । उनले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । उनले काठमाडौँ महानगरपालिका र सडक विभागबिच मतभेदहरू उत्पन्नहरू हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे ।
उनले महानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताए । उनले काठमाडौँ महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताए ।








