२१ मंसिर २०८२, आइतबार

गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैनः सांसद पाण्डे

प्रकाशित मिति :  4 June, 2024 1:38 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पु¥याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने बताउँदै बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे।

उनले भने – ‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरु कुराहरु केही देखिदैनँ । त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतीको साथ आफूले गरेका गल्तीहरुलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनाँै र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ । यसको लागि म सम्पूर्ण दलका नेताहरुलाई निवेदन गर्न चाहान्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नको लागि अनुरोध गर्दछु ।’



प्रतिक्रिया दिनुहोस !