कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट: अर्जुननरसिंह केसी
प्रकाशित मिति : 4 June, 2024 2:24 pm
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभइ पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्ने खालको बजेट नआएको बताए ।
कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिनुपर्नेमा अर्थमन्त्रीले पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी बजेट ल्याएको सांसद केसीको आरोप छ ।








