१२ श्रावण २०८१, शनिबार

टर्कीमा सैन्य विमान दुर्घटनाः दुई जनाको मृत्यु

प्रकाशित मिति :  4 June, 2024 6:38 pm


काठमाडौँ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ ।

मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिमरपरीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ ।

स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस !