स्याङ्जामा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना प्रकाउ
काठमाडौँ । स्याङ्जाको पुतलीबजार सडकमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना प्रकाउ परेका छन् ।
पुतलीबजार नगरपालिका वडा नम्बर ४ नौडाडामा १८ सवारी साधन जाँच गर्दा ६ जना चालकले लागुऔषध सेवन गरेकाे पाइएकाे हाे ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ बस्ने ३८ बर्षिय किरण बहादुर हमाल,२७ बर्षिय अमन अलि मिया , साेहि पालिकाकाे वडा नम्बर ७ बस्ने २९ वर्षिय दिलिप सिंह ठकुरी, ४२ वर्षिय राम श्रेष्ठ, ३८ वर्षिय मंगल बहादुर दर्जि र कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ बर्षिय गुमन बहादुर दर्लामि रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।
उनीहरूलाई “सार्वजनिक हित र नैतिकता बिरूद्धको कसूरमा” मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट दिन ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








