२० मंसिर २०८२, शनिबार

दक्षिणकालीको केराबारी खोंचमा दुई जना मृत अवस्थामा फेला

प्रकाशित मिति :  6 June, 2024 10:49 am


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

प्रदेश ३०२००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित एक महिला र १ पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

बुधबार अपरान्ह साढे चार बजेको समयमा केराबारी स्थित भिरमा महिला र पुरुषको शव रहेको जानकारी स्थानीयले प्रहरीलाई गरेका थिए ।
प्रहरीका अनुसार धादिङ सिद्धलेख गाउँपालिका पाँच घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षका रामचन्द्र खनाल चाँगुनारायण नगरपालिका पाँच भक्तपुर घर भएका ३२ वर्षका सबिना राई रहेका छन् ।

अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले बिहीबार विहान मात्रै निकालेको जनाएको छ । प्रहरीकाअनुसार घटना स्थलमा टुक्रिएको अवस्थामा मोटरसाइकलको पार्टपुर्जा सहित शव रहेको थियो । घटनाको विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !