सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित
प्रकाशित मिति : 6 June, 2024 4:12 pm
काठमाडौँ । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकाे सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्तावलाई बहुमतले पारित गरेको हो ।
विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताए ।
उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरू सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम सुरू हुन्न भनेर तोक्न नसकिने बताए । कयौँ मेसिनहरू छपाई गर्नसक्ने स्थितिमा रहेपनि अन्य कयौँ मेसिनहरू पनि ल्याउनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।








