११ बैशाख २०८१, मंगलबार

जिल्लाभित्रै पनि आवात जावतका सबै पास रद्ध गर्ने गृह मन्त्रालयको निर्णय

प्रकाशित मिति :  14 May, 2020 6:03 pm


काठमाण्डौं, १ जेठ ।

गृह मन्त्रालयले जिल्लाभित्रै  आवातजावत गर्न यसअघि जारी गरिएका सबै पास रद्ध गर्ने निर्णय गरेको छ । जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका सबै पास रद्ध गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका  सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज भएको र पर्सीदेखि जिल्लाभित्रैको पास पनि खारेज गरिएको जानकारी दिए ।

उपसचिव अधिकारीले ७७ जिल्लाले नै जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने पास जेठ ३ गतेदेखि खारेज भएको      बताए ।

सबै पास खारेज भएपछि अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने अधिकारीको भनाई छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमिण भेटिन थालेपछि गृहमन्त्रालयले कडाई गरेको हो ।

कोरोना संक्रमित बढ्न थालेपछि गृहले आज उपत्यकाभित्रका तीनै जिल्लाका सुरक्षा प्रमुख, मेयरहरू, प्रमुख जिल्ला अधिकारीहरू, ट्राफिक प्रहरी प्रमुखलगायतसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।

अत्यवश्यकीय सेवाका पास भने यथावत रहने छन् ।



प्रतिक्रिया दिनुहोस !