२१ मंसिर २०८२, आइतबार

रविलक्षित प्रदीपको टिप्पणी: समिति बनेपछि पदमा बस्नु नांगो भइसक्दा पनि कपडा लगाएको ठान्नु हो

प्रकाशित मिति :  8 June, 2024 12:05 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे ।

उनले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पु¥याउन नसकिने स्थिति रहेको बताए ।उनले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !