१२ श्रावण २०८१, शनिबार

आइतरवार तीन प्रदेशका पहाडी क्षेत्रमा वर्षा पानी पर्न सक्ने

प्रकाशित मिति :  9 June, 2024 6:56 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !