१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य अत्यधिक बढ्दा रिद्धिसिद्धिको छुट योजना, ज्याला र जर्ति ७ प्रतिशत मात्र

प्रकाशित मिति :  9 June, 2024 7:51 am


काठमाडौँ । सुनका गरगहनामा अग्रणी श्री रिद्धि सिद्धि ज्वेलर्स प्रा.लि. ले सुनको मूल्य अत्यधिक बढेको अवस्थालाई महसुस गर्दै छुट प्याकेज ल्याएको छ ।

सुनका गहना बनाउँदा ज्याला तथा जर्तिमा लाग्दै आएको १२ प्रतिशत शुल्क घटाएर ७ प्रतिशत कायम गरेको जनाएको छ।

काठमाडौँ न्युरोडस्थित रिद्धि सिद्धिले यो अफर आगामी असार १५ गतेसम्मका लागि लागु गरेको जनाएको छ ।

पछिल्ला महिनाहरुमा सुनको मूल्य किर्तिमानी रुपमा बढ्दै आएको छ । शुक्रवार नेपालमा छापावाल सुनको मूल्य प्रति तोला एक लाख ४५ हजारमा कारोकार भएको थियो भने तेजाबी सुन एक लाख ४४ हजार ३०१ रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

सुन व्यवसायी नरेन्द्र कुमार गुप्ताले सेवाग्राहीको हितका लागि कम्पनीले सुरु गरेको छुट योजनाले छुट दिने कम्पनी र सेवाग्राही दुबै खुसी रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा यस विषयमा जानकारी दिँदै उनले छुट दिन कम्पनीहरुको संख्या बढ्दै गरेको बताएका छन् ।

गुप्ता पछिल्लो समयमा सुनको कोटा प्रणाली खारेजीको अभियान चलाइरहका छन् ।



प्रतिक्रिया दिनुहोस !