१२ श्रावण २०८१, शनिबार

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

प्रकाशित मिति :  9 June, 2024 11:33 am


काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी वडा नम्बर ४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो ।

पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जिल्ला सडक डिभिजन कार्यालयले अनुरोध पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !