१२ श्रावण २०८१, शनिबार

अछाममा झोलुङ्गे पुल चुँडिँदा १५ खच्चड फसे

प्रकाशित मिति :  9 June, 2024 12:17 pm


काठमाडौँ । अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको र नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाले जानकारी दिएकाे छ।

२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।



प्रतिक्रिया दिनुहोस !