१२ श्रावण २०८१, शनिबार

समाजवादी क्रान्तिबारे घनश्याम भुसालः एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन

प्रकाशित मिति :  9 June, 2024 1:12 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतवार काठमाडौँमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।

उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने बताए । भुसालले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने जिकिर गरे ।

उनले पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए । भुसालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरू २०७५ सालमै गर्नुपर्ने भएपनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !