१२ श्रावण २०८१, शनिबार

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

प्रकाशित मिति :  9 June, 2024 1:20 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार अपरान्ह सवा १ बजेतिर नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी हुने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !